नियम १४१
आशयपत्र माग गरी संक्षिप्त सूची तयार गर्नु पर्ने
(१) स्थानीय निकायले दशलाख
रुपैया“ भन्दा बढी मूल्यको परामर्श सेवा खरिद गर्न खरिद ऐनको दफा ३० बमोजिम
सूचना प्रकाशन गरी आशयपत्र माग गर्नु पर्नेछ
(२) सामान्यतया तीनकरोड रुपैया“ भन्दा बढी रकमको परामर्श सेवा खरिद गर्नु
परेमा अन्तर्राष्ट्रियस्तरको आशयपत्र माग गर्नु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिमको आशयपत्र माग गर्ने सूचनामा देहायका
कुराहरु खुलाउनु पर्नेछ ः—
(क) स्थानीय निकायको नाम र ठेगाना,
(ख) प्रस्तावित काम वा आयोजनाको सामान्य विवरण,
(ग) प्रस्तावित कामको खर्च व्यहोर्ने स्रोत,
(घ) आशयपत्रदाताको योग्यता,
(ङ) आशयपत्रदाता फर्म वा कम्पनी भए,–
(१) फर्म वा कम्पनीको विवरण, संगठन र कर्मचारी
(२) दुई वा दुई भन्दा बढी फर्म वा कम्पनीले समूह, संगठन वा संयुक्त
उपक्रमको रुपमा परामर्श सेवा दिने भए त्यस्ता फर्म वा कम्पनीको
नाम, ठेगाना, विवरण तथा मुख्य भई काम गर्ने फर्म वा कम्पनीको
नाम
(३) विगत पा“च वर्षमा सम्पन्न गरेको समान प्रकृतिको काम र स्थानको
विवरण,
(४) प्रस्तावित कार्यमा संलग्न हुने प्रमुख जनशक्तिको वैयक्तिक विवरण ।
(च) व्यक्तिगत परामर्शदाताको हकमा विगत तीन वर्षमा सम्पन्न गरेको
समान प्रकृतिको काम र स्थानको विवरण तथा निजको वैयक्तिक
विवरण,
(छ) प्रस्तावित कार्य सम्पन्न गर्न लाग्ने अनुमानित समय,
(ज) संक्षिप्त सूचीमा परेका व्यक्ति, फर्म, संस्था वा कम्पनीबाट मात्र परामर्श
सेवा खरिद सम्बन्धी प्रस्ताव माग गरिने कुरा,
(झ) आशयपत्रदाताले पेश गर्नु पर्ने कागजातहरु,
(ञ) आशयपत्र तयार गर्ने निर्देशन र आशयपत्र पेश गर्ने अन्तिम मिति तथा
स्थान,
(ट) स्थानीय निकायस“ग सम्पर्क गर्ने ठेगाना र सम्पर्क व्यक्ति ।
(४) अन्तर्राष्ट्रियस्तरको आशयपत्र मांग गर्दा सम्बन्धित स्थानीय निकायको
स्वीकृति लिनु पर्नेछ ।
(५) अन्तर्राष्ट्रियस्तरको आशयपत्रदाताको छनौट गर्दा विभिन्न मुलुक, पृष्ठभूमि र
स्थानीय एजेन्ट रहेको फर्म वा कम्पनीकोे छनौट गर्नु पर्नेछ ।
(६) उपनियम (१) बमोजिमको सूचना बमोजिम आशयपत्र पेश नगर्ने ख्याति
प्राप्त परामर्शदातास“ग सम्पर्क गरी निजको नाम संक्षिप्त सूचीमा समावेश गर्न
सकिनेछ ।
(७) उपनियम (१) बमोजिम सूचना प्रकाशन गर्दा वा उपनियम (६) बमोजिम
नाम समावेश गर्दा कम्तीमा तीनवटा आशयपत्रदाता छनौट हुन नसकेमा पुन सूचना
प्रकाशन गरी आशयपत्र माग गर्नु पर्नेछ ।
(८) उपनियम (७) बमोजिम दोस्रो पटक सूचना प्रकाशन गर्दा पनि कम्तीमा
तीनवटा आशयपत्र छनौट हुन नसकेमा छनौट भएका जति आशयपत्रदाताको मात्र
सूची कायम गर्न सकिनेछ ।
(९) यस नियम बमोजिम तयार भएको सूचीको जानकारी आशयपत्र पेश गर्ने
सबै आशयपत्रदातालाई दिनु पर्नेछ ।